नगरकट्टा खण्डको लुकसानस्थित राष्ट्रिय राजमार्ग ३१ –मा सड़क दुर्घटना हुँदा एकजना व्यक्ति सिकिस्त घाइते भए। स्थानीय मानिसहरुले बताए अनुसार एउटा मेरोन रङको स्विफ्ट डिजाइर कार नगरकट्टादेखि बानरहाटतर्फ गइरहेको बेला, सोही समय एउटा साइकल सवारी रोड पार गर्न लाग्दा उक्त घटना घटेको हो। स्थानीय मानिसहरुको सहयोगले उक्त घाइते व्यक्तिलाई उद्धार गर्दै उपचारको निम्ति सोल्खापाडा पुर्यावइयो, जहाँबाट घाइतेलाई सोझै मालबजार सुपरस्पेश्यलिटी अस्पताल रेफर गरियो।