रेलवे पुलिसद्वारा 45 लाख रुपियाँसहित एक व्यक्ति पक्राउ। पक्रा परेका व्यक्तिमाथि IPC धारा अन्तर्गत मुद्दा दर्ता।
हाउड़ा नर्थको रेलवे प्रोटेक्शन फोर्सका अधिकारीहरूले एकजना व्यक्तिलाई 45 लाख रुपियाँसहित पक्राउ गरेका छन्। रेलवे प्रोटेक्शन फोर्सका अधिकारी, पोस्ट कमाण्डर एमडी भोटिया, एएसआई आरके दुबे अनि डियुटी अफिसर लगायत अन्य स्टाफहरू गेट नम्बर 4/5 मा डियुटीमा तैनाथ रहेको समय एकजना व्यक्तिको ब्याग चेकिङ गर्न खोज्दा उक्त व्यक्तिले आपत्ति जनायो। यसैबिच, उक्त व्यक्तिमाथि शंका लागेपछि ब्यागलाई स्क्यानर मशिनमा हाल्न लगाइयो तर त्यस व्यक्तिले मशिनमा पनि आफ्नो ब्याग राख्न मानेन अनि त्यहाँबाट ऊ भाग्न खोज्यो। सोही समय रेडिङ टीमले उक्त व्यक्तिलाई पक्राउ गऱ्यो।
प्राप्त जानकारी अनुसार उक्त व्यक्ति छतीसगढ़ राइपुर निवासी रहेको अनि उसले यति धेरै रुपियाँ कहाँबाट ल्यायो, त्यसको कुनै विवरण दिएन। उक्त व्यक्तिको ब्याग चेक गर्दा 45 लाख नगदराशि उद्धार गरियो। घटनाको जानकारी आरपीएफ अधिकारीहरूले आयकर विभागलाई दिएपछि जीआरपीएस हउड़ाद्वारा उक्त व्यक्तिलाई पक्राउ गरी आईपीसी धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।