रूदेन लेप्चामाथि फेरि गर्जियो गोरामुमो। पहाड़मा पञ्चायत चुनाव नहुनुमा 2007 -मा छैटौं अनुसूचीको बिरोध गरेर जीटीए जस्तो थोत्रे बवस्था ल्याउने रूदेन सादा लेप्चाहरू नै रहेको भूपेन्द्र गुरुङको भनाइ।
9 सेप्टेम्बरको दिन दार्जिलिङ जिमखाना स्केटिङ हलमा नयाँ समीकरणको सभामा कालेबुङका विथायक रूदेन सादा लेप्चाले आफ्नो वक्तब्यमा सुवास घिसिङमाथि गरेको आपत्तिजनक बयानमा आफू अडिक रहेको खरसाङ गोरामुमो ब्राञ्च कमिटी प्रचार-प्रसार सचिव भूपेन्द्र गुरुङले बताएका छन्। तिनले लेप्चाप्रति कटाक्ष गर्दै सुबास घिसिङ पहाड़को सत्तामा आएदेखि त्रिस्तरीय पञ्चायत चुनाव गराएनन् भन्ने भनाइलाई खारेज गर्दै घिसिङ पहाड़को सत्तामा आसीन भएपछि दागोपापको प्रावधान अर्न्तगत पञ्चायत चुनाव गरिएको अनि सुबास घिसिङले दागोपापको बिकल्पको मागको कुरा उठाए तब सरकारले दार्जीलिङ पहाड़मा पञ्चायत चुनाव गराउन नसकेको पनि बताए।
प्रवक्ता गुरूङले रूदेन सादा लेप्चा र उनको दलका नेताहरूमा पहाड़मा पञ्चायत चुनाव गराउने दक्षता र हिम्मत नहुँदा पहाड़को ग्रामीण क्षेत्रहरू बिकास र सरकारी साहुलियतहरूदेखि वञ्चित रहेको जनाउँदै पहाड़मा पञ्चायत चुनाव नहुनुमा 2007 मा छैटौं अनुसूचीको बिरोध गरेर जीटीए जस्तो थोत्रे बवस्था ल्याउने रूदेन सादा लेप्चाहरू पूर्णतया जिम्मेवार रहेको तिनले आरोप लगाए। गुरूङले यदि आज पनि दागोपाप ऐन अर्न्तगत पहाड़मा पञ्चायत हुन्छ भने गोरामुमो राजी रहेको बताए।