• Mon. May 12th, 2025

राज्यमा शिक्षाको स्तर बढ़ाउन सरकार कटिबद्ध : गोले

Byadmin

Nov 11, 2021

सिक्किमका मुख्यमन्त्री पीएस गोलेले दिए राष्ट्रिय शिक्षा दिवसको अवसरमा राज्यवासीलाई सन्देश। राज्यमा शिक्षाको स्तर बढ़ाउन सिक्किम सरकार कटिबद्ध रहेको मुख्यमन्त्रीको भनाइ। सिक्किमका मुख्यमन्त्री पीएस गोलेले एउटा विज्ञप्ति जारी गर्दै राष्ट्रिय शिक्षा दिवसको अवसरमा सिक्किमका जनतालाई अभिवादनसितै शुभकामना व्यक्त गरेका छन्। तिनले आजको दिन मौलाना अब्दुल कलाम आजादको जन्म जयन्ती रहेको साथै 1947 देखि 1958 सम्म शिक्षा मन्त्रीको तिनले रूपमा सेवा गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। मौलाना एक स्वतन्त्रता सेनानी र एक सुधारक थिए, जो शिक्षा मार्फत् राष्ट्रको विकास गर्न प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेका छन्। मुख्यमन्त्री गोलेले सरकारले सिक्किममा उच्च शिक्षाको स्तर बढ़ाउन विश्वविद्यालय अनि कलेजहरूको स्थापना गरिरहेको जनाउँदै आफूहरू सिक्किमे विद्यार्थीहरूका लागि बलियो जग निर्माण गर्न, मद्दत गर्न, प्राथमिक तहमा उत्कृष्ट सुविधाहरू उपलब्ध गराउनमा केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख गरेका छन्। मुख्यमन्त्री गोलेले यस ऐतिहासिक दिनको उपलक्ष्यमा शिक्षा विभागका पदाधिकारी, कर्मचारी, शिक्षण संकाय, विद्यार्थी तथा शिक्षण संस्थासँग सम्बद्ध समितिहरू सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *