• Tue. May 13th, 2025

राजस्थानको जयपुरमा दिउँसै छिनताइ, चाँदीको पायल : काटिदिए महिलाका दुइवटै खुट्टा, हमलाकारीहरूले गरे महिलाको हत्या

Byadmin

Oct 20, 2021

राजस्थानको जयपुरमा दिउँसै छिनताइ। हमलाकारीहरूले गरे महिलाको हत्या। चाँदीको पायलको निम्ति काटिदिए महिलाको दुइवटै खुट्टा।

राजस्थानको जयपुरमा छिनताइका लागि एकजना महिलाको निर्मम तरिकाले हत्या गरिएको घटना प्रकाशमा आएको छ। दिउँसो भएको उक्त हत्याको घटनाले क्षेत्रमा सनसनी मच्चियो।
छिनताइकारीहरूले महिलाका दुइवटै खुट्टा काटेर चाँदीको पायल छिनताइ गरेर लगे।
पुलिस अनुसार घटना जमवा रामगढ़ इलाकामा भएको साथै मृतक महिला खेतहपुरा गाउँ निवासी गीता देवीको रूपमा चिन्हित गरिएको छ। हमलाकारीले पहिले महिलाको शिरमा वञ्चरोले हमला गरी हत्या गरेको अनि खुट्टा काटी पायल पनि लगेको पुलिसले बतायो। मृतक परिवारको भनाइ अनुसार, मृतक गीता देवीले घाँटीमा सुनको चेन अनि कानमा कुण्डल पनि लगाएकी थिइन्। मृतक गीता देवीको शवबाट उक्त गर-गहनाहरू प्राप्त भएन। पुलिसले शवलाई पोस्टमोर्टमको निम्ति पठाइएको बतायो।
एसपी शंकर दत्त शर्माले पुलिस टीम गठन गरी मामिलाको छानबीन शुरू गरेको बताएका छन्।
यता, मृतक परिवारले हमलाकारीलाई पक्राउ अनि 25 लाख रुपिँया क्षतिपूर्तिको माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *