भारत सरकारले गोर्खाहरूको निम्ति समस्या समाधानको ढ़ोका खोलिदिएको भाजपा अध्यक्ष कल्याण देवानको भनाइ। यस्तो मौकामा सबै परस्परमा एक भएर आपस्तमा विचारको आदान-प्रदान गरिr गोर्खाहरूको हित कसरी हुन्छ भन्ने कुरामा ध्यानाकर्षण गर्नुपर्ने देवानले दिए सुझाउ। भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष कल्याण देवानले आगामी 12 अक्टोबरमा सम्पन्न हुने त्रिपक्षीय वार्ता स्मबन्धी पत्र आउने निश्चित नै रहेको बताउदै गृह मन्त्री अमित शाहले व्यक्तिगत रुपमा पनि आश्वाशन दिएको पनि बताए। उक्त वार्ताको सम्बन्धी सांसद राजु विष्टले उतिकै पहल गरिरहेको मिडिया मार्फत जनता सर्वसाधारणलाई अवगत गराएको बताउदै यतिका समयहरूमा विभिन्न राजनीतिक दलहरूद्वारा बीजेपी पार्टीलाई लाम्छाना सितै सांसदको पुतला जलाउने कार्यहरू भएको पनि बताए।जिल्ला अध्यक्ष देवानले जुन व्यक्तिहरूले जनताको आँखामा धुलो झोक्ने कुराहरूको आरोप लगाइरेहको थियो त्यो आज आएर यसमा सत्य को हो र झुठो को हो भन्ने प्रष्ट भएको पनि बताए।तिनले भाजपालाई लाम्छाना लाउनु ,सांसदलाई लाम्छाना लाउनु यी कुराहरूले गोर्खाहरूको हित नहुने बताउदै गोर्खाहरूको हित गर्नु हो भने पार्टीगत पूर्वाग्रह,व्यक्तिगत पूर्वाग्रहबाट सबैजना माथि उठ्नु प्रने बताए। तिनले अहिले घरि भारत सरकारले गोर्खाहरूको निम्ति समस्या समाधानको निम्ति एउटा डोका खोलिदिएको बताउदै यस्तो मौकामा हामी सबै परस्परमा एक भएर आपस्तमा सुझाव, समर्थन,सहमति विचारको आदान-प्रदान अनि के गरेर गोर्खाहरूको हित हुन्छ भन्ने कुरामा हाम्रो ध्यान आकर्षण हुनुपर्ने बताए।