• Sat. May 31st, 2025 1:21:43 PM

मुख्यमन्त्रीद्वारा अलिपुरद्वारका 11 वटा पूजा उदघाटन, कालचिनी बीडीओ -द्वारा पण्डालको उदघाटन

Byadmin

Oct 12, 2021

मुख्यमन्त्री ममता व्यानर्जीद्वारा अलिपुरद्वार जिल्लाका 11 वटा क्लबहरूको पूजा उदघाटन। हेमिल्टनगञ्जको यङ्ग बोइज क्लबद्वारा आयोजित दुर्गा पूजा मुख्यमन्त्रीबाट भर्चुअल उदघाटनपछि कालचिनी बीडीओ -द्वारा रिबन काटेर गरियो क्लबको पूजा पण्डालको उदघाटन।

पश्चिम बङ्गाल राज्यका 20 वटा जिल्लाका जम्मा 237 वटा पञ्जीकृत क्लबहरुको दुर्गा पूजा उदघाटन गर्ने क्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आइतवार अलिपुरद्वार जिल्लाको 11 वटा पूजा कमिटीहरुको पूजा उदघाटन भर्चुअल रुपमा गरिन्।
यस क्रममा अलिपुरद्वार जिल्लाको 11 वटा पूजा कमिटीहरुको अन्तर्गत पर्ने सूचीमा कालचिनी खण्डको हेमिल्टनगञ्ज सरोजीत पल्लीको यङ्ग बोइज क्लबद्वारा आयोजित दुर्गा पूजा र जयगाउँ श्री सार्वजनिक दुर्गा पूजा उत्सव एनएस रोडको पनि भर्चुअल उदघाटन गरिन्।
यस अवसरमा हेमिल्टनगञ्ज यङ्ग बोइज क्लबको पक्षबाट सायन घोषले मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले कोभिड‌ 19 को प्रोटोकल पालन गर्दै पूजा गर्न पाइरहेको र मुख्यमन्त्रीको बाहुलीबाट भर्चुअली उदघाटन सूचीमा परेकोमा हर्ष व्यक्त गरे।
मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा भर्चुअल रुपमा पूजाको उदघाटन सकिएपछि हेमिल्टनगञ्ज यङ्ग बोइज क्लबको पूजा पण्डालको उदघाटन कालचिनी बीडीओ प्रशान्त बर्मनको बाहुलीबाट रिबन काटेर गरियो।
यस अवसरमा कालचिनी थानाका आईसी पार्थ सारथी चन्द, थाना प्रभारी अनिर्बान मजुमदार, एसआई मोहम्मद फजलुल हक एवम् अन्यान्यको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *