• Mon. May 12th, 2025

माथिबाट ढुङ्गा झर्दा वाहन क्षतिग्रस्त

Byadmin

Oct 19, 2021

माथिबाट ढुङ्गा झर्दा वाहन क्षतिग्रस्त। भाग्यले बाँचे यात्रीहरू। घाइतेहरूलाई पुऱ्याइयो अस्पताल। दक्षिण सिक्किमको भञ्ज्याङ र बिक्मतबिच मंगलवार बिहान माथिबाट ढुङ्गा झर्दा खयरबोटेको एउटा अल्टो वाहन पूर्णतया क्षतिग्रस्त भएको छ। उक्त वाहनमा सवार यात्रीहरूलाई गम्भीर चोट लागेको छ भने घाइतेहरूलाई दैनिक रूपमा दूध बोक्ने गाडीहरूका चालकवर्ग र अन्यहरूको सहयोगमा तत्कालै उद्धार गरी उपचारको निम्ति अस्पताल लगियो। घटनास्थलमा सम्बन्धित पुलिस पुगेको खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *