• Mon. Feb 23rd, 2026

महात्मा गान्धी अनि शास्त्रीलाई दिइयो श्रद्धाञ्जलि

Byadmin

Oct 2, 2021

राष्ट्रपति रामनाथ कोविन्द, PM मोदी, सोनिया गान्धीसहित अन्य नेताहरूले राजघाटमा महात्मा गान्धीलाई गरे श्रद्धाञ्जलि अर्पित। महात्मा गान्धी अनि पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको आज शनिवार जन्म जयन्ती हो। यस शुभ अवसरमा देशले उनीहरूलाई स्मरण गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर गृह मन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहसहित तमाम नेताहरूले उनीहरूलाई श्रद्धाञ्जलि अर्पित गरे। राष्ट्रपति रामनाथ कोविन्द, उप-राष्ट्रपति एम. वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता सोनिया गान्धी, राहुल गान्धी लगायत सम्पूर्ण नेताहरूले आज राजघाट पुगेर महात्मा गान्धीलाई पुष्प अर्पण गरी नमन गरे। यस अवसरमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि राष्ट्रपिता महात्मा गान्धी अनि पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीलाई नमन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *