झारखण्डका पूर्व मुख्यमन्त्री बाबुलाल मराण्डीका सलाहकार सुनील तिवारी पक्राउ। आदिवासी युवतीसित यौन शोषण गरेको उनीमाथि लाग्यो आरोप।
झारखण्डका पूर्व मुख्यमन्त्री तथा भाजपा विधायक दलका नेता बाबुलाल मराण्डीको राजनीतिक सल्लाहकार सुनील तिवारीलाई उत्तर प्रदेशको इटावाबाट पक्राउ गरियो। तिनीमाथि बलात्कार, दुर्व्यवहार अनि एससी-एसटी एक्ट अधीनस्थ कार्वाही गरिएको खबर छ। गत 16 अगस्तको दिन एउटी आदिवासी युवतीको तर्फबाट सुनील तिवारी विरुद्ध प्राथमिकी दर्ता गरिएको थियो । प्राथमिकी दर्ता गरेपछि झारखण्ड पुलिसले सुनील तिवारीलाई पक्राउको निम्ति लगातार छापामारी गरिरहेको थियो।
सुनील तिवारीले आफूलाई बचाउनको निम्ति लोअर कोर्टमा जमानत याचिका चढ़ाएका थिए तर कोर्टले उक्त याचिकालाई खारेज गरिदियो। त्यसपछि सुनीलले हाईकोर्टमा अपील गरे, तर पहिले नै पुलिसले उनलाई पक्राउ गऱ्यो।