• Mon. May 12th, 2025

भोकको कारण 9 महिनाको नानी मृत्यु

Byadmin

Sep 18, 2021

बंगलोरमा चारजना मानिसहरूले लगाए फाँसी। 9 महिनाको नानी भोकको कारण मृत्यु, अड़ाई महिनाको नानीलाई भने भेटियो जीवित अवस्थामा। कर्नाटक राज्यको बैङलोरबाट एउटा भयनाक खबर प्रकाशमा आएको छ। यहाँ एउटा बिल्डिङमा पाचँजना मानिसहरूको शव फेला पर्दा सनसनी फैलियो। खबर अनुसार उक्त शवहरू केही दिन पुरानो भएको थियो। पुलिस अनसार मृत्यु हुनेहरूमा एकजना 9 महिनाको नानी पनि रहेको छ।उक्त घटनास्थलबाट एकजना अड़ाई महिनाको नानीलाई जीवितरुपमा फेला पारेको छ तर नानीको अवस्था नाजुक रहेको साथै अनुमान लगाए अनुसार नानी चारदेखि पाँच दिनसम्म भोकाएको बताइएको छ। पुलिस अनुसार घरको चारजना मानिसहरूले अलग-अलग कोठामा आफूलाई बन्द गरी फाँसी लगाएको जनाए। चारजना मानिसहरूको शव फाँसी लगाइएको अवस्थामा फेला पारेको अनि 9 महिनाको नानीको शव भने बेडमा पाइएको छ। पुलिसद्वारा उक्त घटना सम्बन्धी जाँच प्रक्रिया जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *