• Mon. May 12th, 2025

भारत सरकारको स्पष्ट अड़ान, घट्नेछैन कोभिशील्ड दुवै डोजबिचको समयावधि

Byadmin

Sep 23, 2021

सरकारले गरिदियो स्पष्ट : समयावधि घट्ने छैन कोभिशील्डको डोजको अन्तर। सबैको निम्ति नियम एक समान।

भारत सरकार कोभिडरोधक भ्याक्सिन कोभिशील्डको दुवै डोजबिच 84 दिनको अन्तरलाई कम्ती गर्ने निर्णयबारे कुनै विचार गरेको छैन। वरिष्ठ विशेषज्ञहरूले बताए अनुसार सरकार कोभिशील्डको दुवै डोजबिचको अन्तरलाई घटाउने छैन। केही मीडिया रिपोर्टमा भारतमा चाँड़ै नै कोभिशील्डको पहिलो अनि दोस्रो डोजबिचको समयलाई कम्ती गर्ने बताइँदैथ्यो। तर, यस्तो केही पनि विचार गरिएको छैन भनी सरकारले स्पष्ट गरिदिएको छ।
उल्लेखनीय छ, विगत दिनमा केरला हाइकोर्टले कोभिशील्ड खोपको पहिलो खुराकको चार हप्तापछि नै दोस्रो खुराक लिने आदेश जारी गरेको थियो। तर केरला हाईकोर्टको उक्त निर्णय विरूद्ध केन्द्र सरकारले अपील याचिका दर्ता गरेको थियो।
केन्द्र सरकारले अपील याचिकामा यदि केरला हाईकोर्टको एकल पीठको तर्फबाट तीन सेप्टेम्बरमा दिएको आदेशलाई फिर्ता नलिए कोविड-19 सित भिड़न्त गर्न केन्द्र सरकारको रणनीतिको क्रियान्वयनमा समस्या उत्पन्न हुने उल्लेख गरेको थियो। सरकारले समयावधि बढ़ाउनुपछिको कारण वैज्ञानिक तथ्यहरू रहेको स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *