• Sun. May 11th, 2025

भारत शान्ति विश्व शान्ति एनजीओको गठन, एनजीओको उद्देश्य : डुवर्सेली जनतालाई सहयोग

Byadmin

Sep 19, 2021

भारत शान्ति विश्व शान्ति एनजीओको गठन। एनजीओको अध्यक्ष पदमा अभिजीत नाग र सचिवमा अभिजीत राभा चयनीत। एनजीओ-को मूल उद्देश्य डुवर्सका असहाय र गरीब मानिसहरूलाई शिक्षा, स्वास्थ्य, आर्थिक र खेलकूद क्षेत्रमा सहयोग गर्दै प्रोत्साहन प्रदान गर्नु रहेको राहुल झाको भनाइ।

विगत 2018 सालको 15 अगस्तको दिन कालचिनी खण्डको अठियाबारी बङ्गबारी चियाबारीबाट चियाबारी श्रमिकहरुको न्यूनतम रोज र जमीनको पर्जापट्टाको मागमा भारत शान्ति विश्व शान्तिको नारा बोकेर पैदल यात्रामा निस्किएका राहुल झा र आकाश मुण्डाले अन्ततः आज 3 बर्षको अन्तरालमा उक्त भारत शान्ति विश्व शान्तिको नारालाई नै एनजीओको नाम दिँदै कमिटी गठन गरिएको जानकारी राहुल झाले दिएका छन्।
उक्त भारत शान्ति विश्व शान्ति एनजीओको अध्यक्ष पदमा अभिजीत नाग र सचिवमा अभिजीत राभा र कोषाध्यक्षमा पूजा मुण्डालाई चयन गरिएको जनाउँदै मूलतः एनजीओ भारत शान्ति विश्व शान्तिको मूल उद्देश्य डुवर्सका असहाय र गरीब मानिसहरूलाई शिक्षा, स्वास्थ्य, आर्थिक र खेलकूद क्षेत्रमा सहयोग गर्दै प्रोत्साहन प्रदान गर्नु रहेको पनि राहुल झाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *