• Mon. Dec 22nd, 2025

भाजपा 8 नम्बर मण्डलद्वारा करम घाटको सफाई, नरेन्द्र मोदीको जन्मदिनमा गरियो घाटको सफाई

Byadmin

Sep 21, 2021

भाजपा विधायक साथै 8 नम्बर मण्डल कमिटीद्वारा करम घाटको सर-सफाई। नरेन्द्र मोदीको जन्मदिनको अवसर पारेर गरियो घाटको सफाई।

भाजपा केन्द्रिय कमिटीको निर्देश औ भाजपा 8 नम्बर मण्डल कमिटीको पहलमा कालचिनी खण्डको डिमा नदी संलग्न रहेको सार्वजनिक करम घाटको सर-सफाई सम्पन्न गरिएको जानकारी कालचिनी विधायक विशाल लामा र भाजपा नेता तोफिल सोरेङले दिए।
मूलतः भाजपा केन्द्रिय कमिटीको निर्देशमा तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसर पारेर गत 17 सेप्टेम्बरको दिनदेखि शुरु गरिएको विविध कार्यक्रमहरुबीच डिमा नदीस्थित करम घाटमा सर-सफाई गरिएको विधायक विशाल लामाले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *