भवानीपुर उपचुनावको निम्ति ममता बनर्जीले भरे नामांकन । भाजपाले बनाए प्रियंकालाई भवानीपुरको उम्मेद्वार। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सर्वे भवनमा भवानीपुर विधानसभा सीटमा आगामी उपचुनावको निम्ति आफ्नो नामांकन भरेका छन्। बंगालमा भवानीपुर सीटमा उपचुनाव रोचकरुपमा सम्पन्न हुनेछ। यस सीटमा मुख्यमन्त्री ममता बनर्जीको विरूद्ध भारतीय जनता पार्टीले वकील प्रियंका टिबरेवाललाई उतार्ने निर्णय गरिसकेका छन्। भाजपाले शुक्रवार आधिकारिक रुपमा भवानीपुर सीटबाट उम्मीदवारको रुपमा प्रियंकाको नाम घोषणा गरे।