भाजपालाई फेरि अर्को झट्का। भाजपाका सात पञ्चायत सदस्यहरू तृणमूलमा भए सामेल। टीएमसीले पञ्चायत बोर्ड गठन गर्ने गऱ्यो दाबी।
भाजपालाई फेरि एकपल्ट ठूलो झट्का लागेको छ। नगरकट्टा ब्लकमा भाजपाद्वारा सञ्चालित एउटा मात्र ग्राम पञ्चायत पनि अब तृणमूलको दखलमा आएको छ।
नगरकट्टाको चम्पाकुड़ी ग्राम पञ्चायतका सातजना भाजपा पञ्चायत सदस्यहरू तृणमूलमा सामेल भएका छन्। सात पञ्चायत सदस्यहरू पार्टीमा सामेल हुनासाथ टीएमसीले पञ्चायत बोर्ड गठन गर्ने दाबी गरेको छ।
सोमवार नगरकट्टा टीएमसी ब्लक सभापति सञ्जय कुजुरको नेतृत्वमा सात निर्वाचित पञ्चायत सदस्यहरूले जलपाइगढ़ी जिल्ला तृणमूल कार्यालयमा सभापति महुआ गोपको हातबाट पार्टीको झण्डा ग्रहण ग्रहण गर्दै तृणमूलमा सामेल भए।
सामेल हुनेहरू विकास छेत्री, मनिता मिञ्ज, नीला गुरुङ, मनिका गुड़िया, अकले तामङ, अमल बाबर, सलमा कुजुर हुन्।