• Sun. May 11th, 2025

भागोप्रमो महकुमा पूर्णांग कमिटी गठन गरिइने, कमिटीमा देखिइनेछ नयाँ अनुहारहरू

Byadmin

Sep 24, 2021

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको पूर्णांग कमिटी गठन शनिवार गरिइने। पूर्णाङ्ग कमिटीमा शिक्षित एवं नयाँ अनुहारहरूलाई समावेश गरिने प्रणाम रसाइलीको भनाइ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको पूर्णांग कमिटी गठन गरिने भएको छ। पहाड़मा नयाँ पार्टीको रुपमा अघि आएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिमा केही दिन अघि सभापतिको रुपमा अनोश थापा र मूलसचिवको रुपमा प्रणाम रसाइलीलाई मनोनीत गरिएको थियो भने अब खरसाङ महकुमा समितिको पूर्णांग कमिटी भोलि शनिवार खरसाङ महकुमा पार्टी कार्यालयमा गठन गरिने भएको जानकारी सचिव प्रणाम रसाइलीले दिए। उनले केही दिन अघि पार्टीको नारी शक्तिको पूर्णांग कमिटी गठन गरियो र त्यसरी नै हामी पनि खरसाङ महकुमा समितिको एउटा टिम बनाएर कार्य गर्न चाहन्छौं भन्दै यस टिममा खरसाङ महकुमाको 13 वटा समष्टिहरू र खरसाङ टाउन कमिटीलाई लिएर पूर्णांग महकुमा समिति गठन गरिने बताए। रसाइलीले महकुमा समितिमा शिक्षित समुदाय र वरिष्ठ व्यक्तिहरूलाई पनि बोलाइएको र यसमा नयाँ अनुहारहरूलाई पनि समावेश गराइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *