भागोप्रमो-को नारी शक्ति केन्द्रिय समिति गठन। अध्यक्ष पदमा छिरिङ दाहाल अनि महासचिवमा प्रतिभा कुमाई चयनीत। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति केन्द्रिय समितिद्वारा आयोजना गरिएको सांगठनिक कार्यक्रम बुधबार खरसाङको नयाँ बजारस्थित टाउन हलमा सम्पन्न भयो। कार्यक्रममा पार्टीका अध्यक्ष अनित थापाको विशेष उपस्थिति थियो। उक्त सभाले केन्द्रिय समितिलाई विस्तार गर्दै ४२ जना महिलाहरूलाई पार्टीको पदभार सुम्पिएको छ। केन्द्रिय समितिमा छिरिङ दाहाल अध्यक्ष, उपाध्यक्षमा कालेबुङकी तारा लोहार लेप्चा, दार्जीलिङबाट प्रतिभा राई खरसाङबाट मैया ठकुरी रहेका छन्। केन्द्रिय महासचिवमा कालेबुङबाट प्रतिभा कुमाई लगायत अन्य पदहरू गरेर 37 जनालाई केन्द्रिय सदस्यमा चयन गरिएको छ।