• Tue. May 13th, 2025

भागोप्रमो अध्यक्ष अनित पुगे रिम्बिक-लोधोमा
धोत्रे-रिम्बिक-लोधोमामा गरिइयो भव्य स्वागत

Byadmin

Sep 15, 2021

भागोप्रमो अध्यक्ष अनित थापालाई धोत्रे-रिम्बिक-लोधोमामा जनाइयो भव्य स्वागत।

जनचेतना,जनआह्वान अनि जनसम्पर्क कार्यक्रम लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा, महासचिव अमर लामा लगायत केन्द्रिय समितिका सदस्यहरू धोत्रे-रिम्बिक-लोधोमा पुग्दा क्षेत्रका वासिन्दाहरूले उनीहरूलाई भव्य स्वागत जनाए। धोत्रेमा स्थानीय मन्दिर अनि गुम्बाको दर्शन गरे। त्यसपछि उनीहरू धोत्रेबाट रिम्बिकतर्फ लागे।
रिम्बिक-लोधोमा समष्टि पुग्दा अनित थापा अनि महासचिव अमर लामालाई त्यहाँ पनि भव्य स्वागत जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *