• Mon. May 12th, 2025

भाइचुङ स्टेडियमको उदघाटन कार्यक्रम फेरि भयो स्थगित, खराब मौसमको कारण कार्यक्रम भयो दुइचोटि स्थगित

Byadmin

Oct 22, 2021

उप-राष्ट्रपतिद्वारा उदघाटन गरिने भाइचुङ स्टेडियमको उदघाटन कार्यक्रम फेरि भयो स्थगित। खराब मौसमको कारण उदघाटन कार्यक्रम दुइचोटि भयो स्थगित गरिएको।

दक्षिण सिक्किमको नाम्चीमा नवनिर्मित भाइचुङ स्टेडियमको उदघाटन कार्यक्रम पुन: एकचोटि स्थगित गरिएको छ। गत २० अक्टोबरको दिन खराब मौसमको कारण उदघाटन कार्यक्रम स्थगित गरिएको थियो भने त्यसपछि फेरि २२ अक्टोबरको दिन कार्यक्रम सारिएको थियो। अब २२ अक्टोबरको दिन पनि भाइचुङ स्टेडियमको उदघाटन सम्भव नभएपछि कार्यक्रमलाई फेरि स्थगित गरिएको छ।
उल्लेखनीय छ, नवनिर्मित स्टेडियमको उदघाटन भारतका उप-राष्ट्रपति एम. वेंकैया नायडूको बाहुलीबाट गरिने कार्यक्रम रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *