भवानीपुर आसनबाट ममता व्यानर्जीको जीत निश्चित रहेको र यसमा आफू विश्वस्त रहेको विनय तामङले भनाइ। ममता ब्यानर्जीको जीत निश्चित छ, चुनाउ त केवल औपचारिकता मात्र रहेको विनयको मन्तव्य।
पश्चिम बंगालको केही निर्वाचन क्षेत्रहरूमा उप-चुनाउ यसै महिनामा सम्पन्न हुने तय भएको छ, जसलाई लिएर राजनीतिक दलहरूद्वारा तयारी चलिरहेको छ। यसैबिच, दार्जीलिङ पहाड़को राजनीतिक नेतृत्वहरूले पनि यस चुनाव सम्बन्धी आ-आफ्नो मत प्रकट गरिरहेका छन्। आइतबार तेस्रो अध्यायका प्रणेता तथा पूर्व जीटीए चेयरमेन विनय तामाङले भवानीपुर विधानसभा क्षेत्रलाई लिएर आफ्नो विचार प्रकट गरे। तामङले भवानीपुर निर्वाचन क्षेत्र ममता ब्यानर्जीको आफ्नो क्षेत्र रहको साथै यसै क्षेत्रबाट धेरैचोटि तिनले जितिसकेको बताए। 2010 मा नन्दीग्राम गएको बताउँदै भारी भोटले ममता ब्यानर्जीले भवानीपुरबाट विजय हासिल गर्ने आशा रहेको तामङले बताए। तिनले पहाड़को जनताको पक्षबाट तृणमूल कंग्रेस अनि ममता ब्यानर्जीलाई शुभकामना दिँदै 3 अक्टोबरमा अवश्यै जीत हुने अनि यो चुनाउ त केवल औपचारिकता मात्र रहेको बताए।