भवानीपुरको जनसभामा भाजपामाथि ममताको कटाक्ष। आफूले जीत हासिल गर्न नसके मुख्यमन्त्री अरू कोही हुनेछ भन्दै आफूलाई मुख्यमन्त्री भएको हेर्न चाहने हो भने एक-एक भोट खेरो नफालिदिने जनसाधारणलाई गरिन् ममताले अपील।
बंगालको उपचुनाउ अन्तर्गत भवानीपुरको एउटा चुनावी जनसभामा आफूले जीत हासिल गर्न नसके मुख्यमन्त्री अरू कोही हुनेछ जनाउँदै मुख्यमन्त्री अपरिवर्तित राख्नका लागि आफूलाई भोट दिने अपील जनसाधारणसित ममता ब्यानर्जीले गरिन्। सभालाई सम्बोधन गर्दै तृणमूल नेत्रीले आफ्ना लागि प्रत्येक भोट मूल्यवान् रहेको पनि बताइन्। मुख्यमन्त्री पदमा आफूलाई राखिराख्न भोट दिने जनसाधारणसमक्ष अपील गरिन्। तिनले भवानीपुरबाटै मुख्यमन्त्री हुने यो भाग्यको खेल रहेको जनाउँदै जनतालाई एक-एक भोट खेरो नफ्याँक्ने आग्रह गरिन्। ममता ब्यानर्जीले जनसभालाई सम्बोधन गर्ने क्रममा जनतासित भोट माग्नुका साथै भाजपाको खोइरो खन्न पनि पछि परिनन्।