देशमा कोरोनाको अवस्था। बितेको 24 घण्टामा 30 हजारभन्दा कम्ती नयाँ मामिला, 290 जनाको मृत्यु। स्वास्थ्य मन्त्रालयको आँकड़ा अनुसार देशमा अहिलेसम्म कोरोनाको संक्रमितहरूको संख्या 3 लाख 1 हजार 442 छ भने 3 करोड़ 28 लाख 76 हजार 319 मानिसहरू निको भइसकेका छन्। अर्कोतिर, अहिलेसम्म कोरोनाले 4 लाख 46 हजार 658 जनाको ज्यान गइसकेको छ। यसैबिच, देशमा बितेको 24 घण्टामा कोरोनाको 30 हजारभन्दा कम्ती नयाँ मामिला प्रकाशमा आएको छ भने 290 जनाको मृत्यु भएको रेकर्ड दर्ता गरिएको छ। भ्याक्सिनेशन अभियान तीव्र रूपमा भइरहेको कारण कोरोनाको नयाँ मामिलाको संख्या क्रमश घट्ने क्रममा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।