सिटोङ क्षेत्रमा सड़कको बेहाल अवस्थालाई ध्यानमा राखी अघि आए सामाजिक कार्यकर्ता बिक्रम राई। सरकार तथा सम्बन्धित विभागबाट कुनै पहल नभएपछि आफ्नै लागतमा मरम्मति कार्य गरे शुरू।
सिटोङ क्षेत्रको सड़कको अवस्था अत्यन्तै सोचनीय रहेकोले सिटोङस्थित घलेटार निवासी सामाजिक कार्यकर्ता एवं पर्यटन व्यवसायी बिक्रम राईले आफ्नै खर्चमा सड़कको मरम्मत्ति कार्य शुरु गरेका छन्। पर्यटकीय स्थल सिटोङको बाटो खाल्डै-खाल्डा बनेको र गाड़ीहरू कुदाउन नसक्ने स्थिति हुँदा पनि सरकार तथा सम्बन्धित विभागबाट कुनै पहल नभएपछि पर्यटन व्यवसायी बिक्रम राईले सोमबारदेखि बाटोको मरमत्ति कार्य थालेका हुन्। बिक्रम राईको निर्देशन र उनकै खर्चमा सिटोङका सातजना श्रमिकहरू लागेर बाटो मरम्मति कार्य थालिएको छ। सिटोङको बाटो मरम्मत्तिको निम्ति सातजना श्रमिकहरूलाई छ महिनाको लागि यस कार्यको जिम्मा दिइएको छ।
बिक्रम राईको निर्देशनमा सड़क मरम्मति कार्य गरिरहेका स्थनीयहरूमध्ये मिचुङ सादाले हामीलाई विश्वास गरेर बिक्रम राईले सातनालाई बाटोको मरम्मतिको निम्ति कार्य सुम्पेको जनाउँदै छ महिनाको लागि बाटो मरमत्तिको कार्य गर्न आफूहरूलाई जिम्मा दिएको बताए।