बड़ा फागुमा चलचित्रको शुटिङ कार्यको शुभारम्भ। स्थानीय कलाकारहरुलाई लिएर निर्मित चलचित्रमा मुख्य भूमिकामा सिद्धार्थ मोक्तान अनि निर्जला शर्मा।
अनबियर क्रिएसन प्रोडक्सन हाउसको बेनरमा छोटो चलचित्र नरपिशाचको मंगलबार बडा फागुमा विधिवत रुपमा पुजा गरी शुभारम्भ गरियो।वर्तमान समयमा इन्टरनेटको दुरुपयोगबाट भइरहेको समस्यालाई उजागार गर्दै यो फिल्म निर्माण गरिएको जानकारी निर्देशक बिशेष मोक्तानले दिएका छन्।स्थानीय कलाकारहरुलाई लिएर निर्मित हुन गइरहेको यस छोटो चलचित्रमा मुख्य भूमिकामा सिद्धार्थ मोक्तान र निर्जला शर्मा छिन् भने यसको छांयाकन उत्तम प्रधानले गरेको छ।यस चलचित्रको सम्पुर्ण सुटिङ नै गोरुबथान क्षेत्रमा हुने थप जानकारी फोटो निर्देशक दिपज्वल शर्माले गराएका छन्।यही दशै र तिहारको छेकमा यसको रिलिज पनि गरिने बताए।सामाजिक जनचेतनाको भाव बोकेको यस चलचित्रले दर्शकको मन जित्न सक्ने कुरामा सम्पुर्ण टोली विश्वस्त रहेको छ।