बंगालमा उप-चुनाउ अघि नै देखा परिरहेछ हिंसा। भाजपा नेताहरूले गरे भवानीपुरमा 144 धारा लगाउनुपर्ने साथै मतदान केन्द्रमा केन्द्रिय बलहरूको तैनाथ हुनुपर्ने माग।
पश्चिम बंगालको हाई प्रोफाइल सीट भवानीपुरमा सोमवार भारतीय जनता पार्टीका नेता दिलीप घोषमाथि हमलापछि राजनीति माहौल गर्मिएको छ। भाजपाका केही नेताहरू उप-चुनाउलाई स्थगित गर्ने माग गरिरहेका छन् भने अर्कोतिर स्वप्न दासगुप्ताले चुनाउ आयोगसमक्ष मतदान केन्द्र परिसरमा 144 धारा लगाउनुपर्ने माग गरेका छन्। यति मात्र नभएर उनले केन्द्रिय बलहरूको उपस्थितिमा चुनाउ गराइनुपर्ने पनि माग तिनले गरे।
स्मरण रहोस्, सोमबार भाजपाका पूर्व प्रदेश अध्यक्ष दिलीप घोषमाथि भएको आक्रमण सम्बन्धी भाजपा प्रतिनिधि मण्डलले हिंसालाई ध्यानमा राख्दै सोमवार कलकत्तामा चुनाउ आयोगका अधिकारीहरूसित भेटघाट गर्दै 30 सेप्टेम्बर उप-चुनाउको दिन भवानीपुर निर्वाचन क्षेत्रमा 144 धारा लागू गरिनुपर्ने अपील गरेका हुन्। उक्त प्रतिनिधि मण्डलको नेतृत्व स्वप्न दासगुप्ताले गरेका थिए, जसमा शिशिर बाजोरिया अनि प्रताप ब्यानर्जी पनि उपस्थित थिए।