बंगालमा उप-चुनाउका लागि भोटिङ जारी। तीन सीटहरूमा भइरहेछ मतदान। भवानीपुरमाथि छ सबैको नजर। निष्पक्ष चुनाउ हुनुपर्ने सबै पक्षको भनाइ।
पश्चिम बंगालमा भवानीपुरसमेत तीनवटा विधानसभा सीटहरूमा उपचुनाउका लागि बिहीवार बिहान सात बजीदेखि कड़ा सुरक्षा व्यवस्थाबिच मतदान शुरू भएको छ। तृणमूल कंग्रेसको पक्षबाट मुख्यमन्त्री ममता ब्यानर्जी भवानीपुरबाट चुनाउ लड़िरहेकी छन्। दक्षिण कलकत्ताको भवानीपुर सीटबाहेक मुर्शिदाबाद जिल्लाको जंगीपुर अनि समरेरगञ्ज सीटका लागि पनि उपचुनाउ भइरहेछ। तीन सीटमा मोठ 6,97,164 मतदाता छन्। मतगणना आउँदो 2 अक्टोबरको दिन हुनेछ।
मतदान साँझ 6 बजीसम्म जारी रहनेछ। मतदान केन्द्रबाहिर बिहानदेखि नै मानिसहरू लाइनमा खड़ा रहेको देखियो। मतदान केन्द्रमा मुखमा मास्क लगाउनुका साथै कोभिड-19 सम्बन्धी सबै दिशानिर्देशहरूको पालन गर्नुपर्ने अनिवार्य गरिएको छ।
उल्लेखनीय छ, राज्य विधानसभा चुनाउमा ममता ब्यानर्जीलाई नन्दीग्राम सीटमा हारको सामना गर्नुपरेको थियो। अब मुख्यमन्त्री पदमा बसिरहनका लागि उनलाई यो उपचुनाउमा जीत हासिल गर्न जरूरी छ। अर्कोतिर, दुइ उम्मेदवारहरूको मृत्युपछि अप्रेलमा जंगीपुर अनि समशेरगञ्जमा मतदान रद्द गर्नुपरेको थियो। भवानीपुरमा ममता ब्यानर्जी विरुद्ध भाजपा प्रार्थी प्रियंका टिबरेवाल मैदानमा छिन् भने माकपाले श्रीजीव विश्वासलाई टिकट दिएको छ।
यसैबिच, चुनाउ अधिकारीले जनाए अनुसार तीन निर्वाचन क्षेत्रमा केन्द्रिय तैनाथ गरिएको छ, जसमा भवानीपुरमा 35 कम्पनी तैनाथ छ।