• Tue. Dec 23rd, 2025

फोर्ड ग्लोबल फेलोसिप : मिरिककी जुलियाना चयनीत

Byadmin

Oct 23, 2021

फोर्ड ग्लोबल फेलोसिपको निम्ति मिरिककी जुलियाना लोहार चयनीत। फोर्ड ग्लोबल फेलोसिपको निम्ति चयन हुने उनी भारतकै पहिलो नागरिक हुन्। उनले गोवामा बसेर सेक्स ट्राफिकिङको विरोधमा काम गरिरहेकी छन्। गत 19 Oct को दिन फोर्ड फाउण्डेशनले अन्याय रहित जिन्दगी ARZ की को-अर्डिनेटर जुलियाना लोहारलाई फोर्ड ग्लोबल फेलोसिपको निम्ति चयनीत भएको घोषणा गरेको थियो। स्मरण रहोस्, फोर्ड ग्लोबल फेलोसिप चयन हुने उनी भारतकै पहिलो नागरिक हुन्। जुलियाना दार्जीलिङको मिरिकस्थित सिङबुली चियाकमान बासिन्दा हुन्। विगत दुइ वर्षदेखि उनले गोवामा बसेर सेक्स ट्राफिकिङको विरोधमा काम गरिरहेकी छन्। उनले विशेष ह्युमन ट्राफिकिङमा परेकाहरूलाई उद्धार गरी उनीहरूको निम्ति पुनर्वासको व्यवस्था गर्ने कार्य गर्दै आईरहेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *