यूपी विधानसभा चुनाउको तयारीमा जुट्यो कंग्रेस। प्रदेश कंग्रेसले राज्यभरि आजदेखि प्रतिज्ञा-यात्रा निकाल्ने। प्रियंका गान्धीले देखाउने छिन् यात्राहरूको निम्ति हरियो झण्डा। बाराबकीबाट हुनेछ तीन यात्राहरूको शुभारम्भ। यूपी विधानसभा चुनाउको तयारीमा जुटेको कंग्रेस प्रदेशले राज्यभरि आजदेखि प्रतिज्ञा-यात्रा निकाल्नेछ। जसको निम्ति प्रदेशमा तीनवटा भागमा बाँड्दै रूट तयार गरिएको छ। पहिलो रूट अवधको बाराबंकी र बुन्देलखण्ड जिल्लालाई मिलाएर झाँसीसम्म अनि दोस्रो रूट पश्चिमी अनि बृज क्षेत्रको विभिन्न जिल्लाको निम्ति तयार गरिएको छ। यस्तै प्रकारले तेस्रो रूट पूर्वाञ्चलका लागि निर्धारित गरिएको छ। यी यात्राहरूको एकैसाथ पार्टीकी राष्ट्रिय महासचिव प्रियंका गान्धीले हरियो झण्डा देखाएर शुभारम्भ गर्नेछिन्। उक्त प्रतिज्ञा यात्रामा बसको प्रयोग गरिनेछ भने यात्रा बाराबकी लगायत अन्य दुइ शहरहरू सहारनपुर अनि वाराणसीबाट पनि निस्कनेछ। उक्त जानकारी प्रेस कन्फरेन्सको माध्यमद्वारा पूर्व सांसद तथा छत्तीसगढ़ प्रभारी पीएल पुनियाले गराए। तिनले प्रियंका गान्धीले पार्टीको सातवटा संकल्पहरूबारे पनि विस्तारसित बताउने जनाए।