• Sat. May 10th, 2025

पेदोङमा चोरहरूको रगरगी : दुइ दोकानमा चोरी
घटनाको छानबीनसितै पुलिसले शुरू गऱ्यो पेट्रोलिङ

Byadmin

Sep 2, 2021

पेदोङमा चोरहरूको रगरगी। लगातार दुइ भिन्नाभिन्नै दोकानमा भयो चोरी। घटनाको छानबीनका साथसाथै पुलिसले शुरू गऱ्यो क्षेत्रमा पेट्रोलिङ।

कालेबुङ जिल्लाको पेदोङमा लगातार भिन्नाभिन्नै दोकानहरूमा चोरी भएको प्रकाशमा आएको छ। गत ३१ अगस्तको राति
‘मा लक्ष्मी ज्वेलर्स’ दोकान भत्काएर चोरी गरेको घटना सेलाउन नपाई बिहीवार फेरि सोही दोकानछेउको अर्को दोकानमा पनि चोरी भयो।
यसरी एकपछि अर्को गर्दै दोकान चोरीको घटनाले पेदोङवासी चिन्तित बनेका छन्।
यता, क्षेत्रमा लगातार भइरहेको चोरीको घटनाले पेदोङ पुलिस अझ सक्रिय बन्दै निरन्तर रूपमा पेट्रोलिङ शुरू गरेको बताइएको छ।

https://youtu.be/Yw57olV8amI

Leave a Reply

Your email address will not be published. Required fields are marked *