• Tue. May 13th, 2025

पेगासस : आउँदो साता कोर्टले आदेश पारित गर्ने तक्निकी विशेषज्ञ कमिटीको गठन हुनसक्ने

Byadmin

Sep 23, 2021

सुप्रीम कोर्टले पेगाससमाथि आउँदो साता आदेश पारित गर्ने। तक्निकी विशेषज्ञहरूको कमिटीको पनि हुनेछ गठन।

पेगासस जासूसी मामिलामाथि बिहीबार सुनवाइ गर्दै सुप्रीम कोर्टले अब उक्त मामिलामाथि आउँदो साता आदेश पारित गर्ने बतायो। सुनवाइको समय मुख्य न्यायाधीश एनवी रमन्नाले सुप्रीम कोर्ट तक्निकी विशेषज्ञहरूलाई लिएर एउटा कमिटी बनाउन चाहेको बताए। न्यायाधीश रमन्नाले केही विशेषज्ञहरूले आफ्नो निजी कारणहरू रहेको हुँदा कमिटीमा सामेल हुनुमा असमर्थता जताएको कारण नै आदेश जारी गर्नमा विलम्ब भइरहेको पनि बताए।
उल्लेखनीय छ, शीर्ष अदालतले 13 सेप्टेम्बरमा आफ्नो आदेश सुरक्षित राख्दै सोधेको थियो, केन्द्रले नागरिकहरूमाथि कथित रूपमा जासूसी गर्नको निम्ति अवैध रूपमा पेगासस स्पाइवेयरको प्रयोग गरेको छ वा छैन?
अर्कोतिर, केन्द्रले जासूसी मामिलाको स्वतन्त्र जाँचको माग रहेका याचिकाहरूमाथि राष्ट्रीय सुरक्षा बताउँदै हलफनामा दर्ता गर्नदेखि अस्वीकार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *