मुख्यमन्त्री तामाङले पैतृक घर पुगेर दिए पूर्व मुख्यमन्त्री नरबाहदुर भण्डारीलाई श्रद्धाञ्जली। पूर्व मुख्यमन्त्रीको स्मृतिमा सोरेङमा जिल्लापाल कार्यलय स्थापना गरिने मुख्यमन्त्री पीएस गोलेको भनाइ।
पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको ८१ औं जन्म जयन्तीको अवसरमा मंगलबार बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङले पैतृक घर पुगेर श्रद्धाञ्जली अर्पण गर्दै स्व भण्डारीको जन्मदिनमा स्मरण गरे। स्वर्गीय मुख्यमन्त्री भण्डारीले आफ्नो निम्ति होइन, राज्य र देशका निम्ति समर्पित भएर काम गरेको अनि आधुनिक सिक्किमको खाँका राखेको कुरा स्मरण गरे।
स्वर्गीय भण्डारीका जेष्ठ पुत्र खुसेन्द्र भण्डारीले मुख्यमन्त्रीलाई स्वागत जनाएका थिए भने परिवारका सदस्यहरू पनि उपस्थित रहका थिए। तथापि, नरबहादुर भण्डारीकी धर्मपत्नी श्रीमती पूर्व लोकसभा सांसद अस्वस्थ भएको कारण उपस्थित हुन नसकेको हुनाले उनले मुख्यमन्त्रीलाई पत्र लेखेर आफ्नो परिवारको सहमति जनाएको परिवारका सदस्यहरूले जानकारी गराए ।कार्यक्रममा उपस्थित जनसमुदायलाई सम्बोध्न गर्दै मुख्यमन्त्री गोलेले स्वर्गीय भण्डारी सिक्किमका निम्ति विकास र इतिहास पुरूष भएको बताउँदै वहाँको स्मृतिमा सोरेङ जिल्लाको जिल्लापाल कार्यलय उनकै स्मृतिमा मालबाँसेमा स्थापना गरिने सरकारको योजना रहेको बताए।