गत केही दिन अघि दार्जीलिङको जिमखाना हलमा नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गठन गरेपछि आइतबार पार्टीका अध्यक्ष अनित थापा आफ्नो घर खरसाङ आइपुगे। थापालाई खरसाङका पार्टी समर्थकहरूद्वारा विभिन्न ठाउँहरूमा खदा-माला लगाई स्वागत जनाइयो। थापाले खरसाङस्थित मन्टिभियट खेल मैदानमा सम्पन्न एक सभालाई सम्बोधन गर्दै नयाँ पार्टी खोलेको कारण आज खरसाङ घरमा आउँदा जनताले स्वागत जनाउँदा अझ काम गर्ने जोश र जाँगर बढ़ेर गएको बताए। तिनले जनातामाझ बसेर काम गर्नु, जनतालाई सुन्नु गाह्रो छ तर गाह्रो काम गर्नु छोड़्नु हुँदैन भन्दै पहाड़ अस्तव्यस्त रहेकोले अब आफूहरूले ठीक काम गर्नुपर्ने अनि कसैलाई आलोचना, गाली नगरी राम्रो ढङ्गले, राम्रो विवेकले काम गरेर लैजानुपर्ने समूहलाई इच्छा रहेको पनि बताए। अध्यक्ष थापाले आन्दोलनले मात्र सबै कुरा हुँदैन भन्दै सही मार्गदर्शनमा लागी पहाड़को खेतीपातीलाई ठीक गर्नुपर्ने, चिया श्रमिकहरुको रोज वृद्धि गर्नुपर्ने लगायतका विषयहरूमाथि पनि आफ्नो मन्तव्य पोखे।