शंघाई कर्पोरेशन आर्गेनाइजेशन-को एन्टी टेरर एक्सरसाइज 2021 -मा मुखामुखी हुनेछन् भारत अनि पाकिस्तान।
पाकिस्तानमा आज आइतबार आयोजित हुने Shanghai Cooperation Organisation -को आंतक विरोधी Excercise -मा भारतको तर्फबाट तीन सदस्यीय टोलीले सहभागी बन्नेछ। यसको निर्णय बितेको दिनमा प्रधानमन्त्री नरेन्द्र मोदीले लिएका थिए। यसअघि पनि उक्त कार्यक्रममा कसलाई पठाउने हो वा होइन भन्ने विषयमा असमञ्जसको स्थिति देखिएको थियो। तर अहिले यो तय भइसकेको छ कि उक्त कार्यक्रममा भारतको तर्फबाट तीन सदस्यीय टोलीले भाग लिनेछ। अफगानिस्तातनमा तालिबानको कब्जा अनि सरकारको गठनपछि पाकिस्तानमा यस संगठनको पहिलो सम्मेलन आयोजन भइरहेको छ।
सूत्र अनुसार, भारत यसमा सोझै सामेल नभएर एक अब्जर्वरको भूमिका निर्वाह गर्न सक्नेछ। SCO -को Anti Terro Excercise 2021, 3 देखि 6 अक्टोबरबिच पाकिस्तानको khaibar pakhtukhya-को naushera -मा आयोजित हुनेछ। उक्त अभ्यासमा भारत लगायत संगठनका अन्य सदस्यहरू चीन, रूस, कजाखिस्तान, किर्गीस्तान, ताजिकिस्तान अनि उज्बेकिस्तान पनि सामेल हुनेछन्।