• Sun. May 11th, 2025

पर्जापट्टामाथि बोलिन् राज्यसभा सांसद, पर्जापट्टा पहाड़को मूल समस्या : शान्ता छेत्री

Byadmin

Sep 29, 2021

पर्जापट्टा पहाड़को मूलभूत समस्या रहेको राज्यसभा सांसद शान्ता छेत्रीको भनाइ। जमीनको कागज-पत्र नहुँदा सरकारी सहुलियतहरूदेखि दुइ जिल्लाका मानिसहरू वञ्चित हुनपरेको श्रीमती छेत्रीको मन्तव्य। राज्यसभा सांसद तथा हिल तृणमूल कंग्रेस नेत्री शान्ता छेत्रीले पहाड़को मूलभूत समस्या पर्जापट्टा रहेको बताएकी छन्। मंगलबार दार्जीलिङमा तृणमूल नेत्रीले आफूहरूले गरिरहेको कार्यहरूबारे प्रकाश पार्दै तिनले कालेबुङ अनि दार्जीलिङ जिल्लाका मानिसहरूको पर्जापट्टा विषयलाई मूल समस्या भनी बताइन्। तिनले दुवै जिल्लामा बसोबासो गर्ने मानिसहरूमा आफ्नो जमीनको कागज-पत्र नहुँदा कतिपय सरकारी सहुलियतहरूदेखि वञ्चित हुनपरेको पनि बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *