• Mon. Feb 23rd, 2026

पञ्जाब कंग्रेसको झमेला : शान्त हुने छाँटकाँट छैन हाईकमानलाई पोल हाल्न जाखड़ लागे दिल्लीतिर

Byadmin

Sep 23, 2021

पञ्जाब कंग्रेसको झमेला, शान्त हुने छाँटकाँट देखिन्न। हरीश रावतको बयानले क्षुब्ध बनेका सुनील जाखड़ लागे दिल्लीतिर।

पञ्जाब कंग्रेसको झमेला चाँडै नै साम्य हुने संकेत शायद देखिँदैन। हरीश रावतको बयानदेखि निराश भएका पूर्व पीपीसीसी प्रधान सुनील जाखड़ दिल्ली प्रस्थान भएका छन्।
विशेष सूत्र अनुसार सुनील जाखड़ले दिल्लीमा कंग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीसित बैठक गर्नेछन्। चरणजीत चन्नीलाई मुख्यमन्त्री बनाइएपछि हरीश रावतले नवजोतसिंह सिद्धू आउँदो चुनाउमा पार्टीका मुख्य अनुहार हुनेछन् भनी बयान दिएका थिए। सोही बयानमाथि पूर्व पार्टी प्रधान सुनील जाखड़ले कड़ा विरोध जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *