• Sat. May 10th, 2025

न्यू अलिपुरद्वार रेल स्टेशन संलग्न सड़क निर्माण कार्य आरम्भ

Byadmin

Nov 16, 2021

लामो समयदेखि जीर्ण अवस्थामा रहेको न्यू अलिपुरद्वार रेल स्टेशन संलग्न मूल सड़कको निर्माण कार्य आरम्भ भएकोमा भाजपा निर्वाचित अलिपुरद्वार विधायक सुमन काञ्जीलालले हर्ष व्यक्त गरेका छन‌ ।धेरै लामो समयदेखि नै न्यू अलिपुरद्वार रेल स्टेशन जाने मूल सड़कको दयनीय अवस्थाले धेरै प्रश्न उत्पन्न भईरहेको थियो। उक्त सड़क निर्माणको दायित्व कसले वहन गर्ने भन्ने चर्चा चुलिरहेकोबिच विधायक निर्वाचित भएपछि यसको ज्ञापन एनएफ रेलवेका प्रबन्धक अनि सांसद जोन बारला समक्ष चढ़ाउँदा अन्ततः रेलवे अधीनस्थ रहेको उक्त सड़कको निर्माण उत्तरपूर्वी सीमान्त रेलवेले गर्ने निधो भएको थियो। वर्तमानमा सड़क निर्माण कार्य थालिएको साथै यसको निरीक्षण गर्न अलिपुरद्वार विधायक सुमन काञ्जीलाल उक्त स्थानमा पुग्दा तिनलाई निर्माण संस्थाले स्वागत जनाएका थिए। विधायक सुमन काञ्जीलालले उक्त सड़कले गर्दा अब न्यू अलिपुरद्वार रेल स्टेशनतर्फ आउने सम्पूर्ण यात्री औ पर्यटकहरुलाई कष्ट नहुने जनाएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *