• Sat. May 10th, 2025

नेशनल फेडरेसन फर न्यु स्टेटको बैठक
26 सेप्टेम्बरको दिन दार्जीलिङमा बैठक हुने

Byadmin

Sep 24, 2021

दार्जीलिङमा आगमी 26 सेप्टेम्बरको दिन हुने नेशनल फेडरेसन फर न्यु स्टेटको बैठक। भारतभरिका नयाँ राज्यहरूको मागमा लागिपरेका नेतृत्वहरूलाई एकमुष्ठ पारेर राष्ट्रिय तहमा कसरी आवाजलाई बुलन्द गर्न सकिन्छ भन्ने उद्देश्यमा बैठक डाकिएको गोरामुमो पार्टी प्रवक्ता वाई लामाको भनाइ।

नेशनल फेडरेसन फर न्यु स्टेटको बैठक आगमी 26 सेप्टेम्बरको दिन दार्जीलिङमा हुनेभएको छ। गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई. लामाले बैठकलाई स्वागत जनाउँदै भारतभरिका नयाँ राज्यहरूको मागमा लागिपरेका नेतृत्वहरूलाई एकमुष्ठ पारेर राष्ट्रिय तहमा कसरी आवाजलाई बुलन्द गर्न सकिन्छ भन्ने उद्देश्यमा संगठनलाई गठन गरिएको बताए। प्रवक्ता लामाले संगठनको यस कार्यक्रमलाई पार्टीको तर्फबाट समर्थन जनाउँदै नवनिर्वाचित अध्यक्ष डा. मुनिष तामङलाई शुभकामना व्यक्त गरे। डा. मुनिष तामङको पदभारले गोर्खाहरूलाई पनि राष्ट्रिय तहमा नयाँ ऊर्जा मिल्ने बताए। 26 सेप्टेम्बरमा सम्पन्न हुने बैठक पूर्णरूपमा सफल हुने दाबी गर्दै तिनले पार्टीको पक्षबाट शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *