कोरोनाको तेस्रो लहर : नानीहरूको निम्ति संक्रमणको बढ़्यो खतरा। मणिपुरमा 1500 नयाँ बिमारी, केरेलामा पनि मामिलामा हुँदैछ वृद्धि।
कोरोनाको तेस्रो लहरमा नानीहरूलाई धेरै खतरा हुने अनुमान लगाइएको छ। विशेषज्ञहरू अनुसार यदि नानीहरू संक्रमणको चपेटमा आउँछ तर लक्षणमा आउँदैन भने चिन्ताको विषय नरहेको जनाए। विशेषज्ञहरूले उक्त कुरा तब बताए जब केरेला अनि मिजोरममा दस वर्षदेखि कम्ती उमेरको नानीहरूमा संक्रमणमा वृद्धि भइरहेको छ।
नेशनल टेक्निकल एडवाइजरी ग्रुप अन इम्युनाइजेशनका चेयरमेन डा. एनके अरोड़ा अनुसार सीरो सर्वेमा प्रकाशमा आएको नानीहरूमा संक्रमण वयस्कहरूलाई झै रहेको तर लक्षण जस्ता मामिला धेरै कम्ती रहेको जनाए। एम्स निर्देशक डा. रणदीप गुलेरिया अनुसार प्रतिबन्धहरूमा राहतको साथ नै मानिसहरूले नानीहरूको साथमा यात्रा गरिरहेको जसको कारण संक्रमित नानीहरूको संख्या वृद्धि हुन सक्ने जनाए।।
विशेषज्ञहरूको मत रहेको छ कि नानीहरूको निम्ति तयारी पुरा राख्ने, अस्पतालहरूमा सुविधाहरूको ध्यान राख्ने रहेको छ।दस वर्षदेखि कम्ती उमेरका नानीहरूमा सक्रिय मामिलाहरूको संख्या मार्चदेखि बढ़एको जनाइएको छ। केरेला, मिजोरम, मेघालय अनि मणिपुरमा नानीहरूमा संक्रमण अधिक रहेको छ। मणिपुरमा मंगलवार 1502 मामिला मध्ये 300 जना नानीहरूमा भाइरस प्राप्त भएको छ।