नर्थ बेङ्गल अल डुवर्स क्रिश्चियन माइनोरिटी आर्गनाइजेशनको सभा। अल्पसंख्यकहरूले आजसम्म भनेजस्तो सहुलियत र सुविधाहरु पाउन नसकेकोमा तथा आगामी दिनमा यसलाई लिएर एउटा शान्तिपूर्ण आन्दोलनको रणनीति तयारीको निम्ति अर्गनाइजेशनको सभा हेमिल्टनगञ्जमा बसेको संगठनका सभापति एवं सचिवको भनाइ। अल्पसंख्यकहरूले आजसम्म भनेजस्तो सहुलियत र सुविधाहरु पाउन नसकेको औ आगामी दिनमा यसलाई लिएर एउटा शान्तिपूर्ण आन्दोलनको रणनीति तयारीको निम्ति आज शनिवार नर्थ बेङ्गल अल डुवर्स क्रिश्चियन माइनोरिटी आर्गनाइजेशनको एउटा जरुरी सभा हेमिल्टनगञ्ज ट्रली लाइनस्थित बप्तिस चर्चमा सम्पन्न भएको सङ्गठनका सभापति रेभ. केएन च्याटर्जी र महासचिव पास्टर सन्तोष गुरुङले जनाए। सभामा विभिन्न ब्लक अनि अञ्चलहरुबाट सङ्गठनका सदस्यहरुको बाक्लो उपस्थिति थियो भने चाँड़ै आगामी रणनीतिबारे खुलासा गरिने सभामा जानकारी गराइयो।