बालुवा, ढुङ्गा र माटोको काम चालू गर्ने दाबीमा फेरि डुवर्समा ट्रक तथा ट्र्याक्टर चालक, नदीमा काम गर्ने श्रमिकहरूले गरे पथावरोध। दीर्घ दिनदेखि बालुवा, ढुङ्गा र माटोको काम रोकिनाले यसमा निर्भर ट्रक तथा ट्र्याक्टर चालक, नदीमा काम गर्ने श्रमिक अनि निर्माणकर्मीहरु बाध्य भएर अलिपुरद्वार दुई नम्बर ब्लक अन्तर्गत चेको चापरेरपार क्षेत्रको सड़क अवरोधमा ओर्लिन पुगे। महान् चाड़ दुर्गा पूजा नजीकै आइरहेछ। यस्तो बेलामा सबै नदी-नालाहरूमा खनन कार्य जिल्ला प्रशासनले बन्द गरिदिएकोले यसमाथि निर्भरशील मानिसहरू कर्महीन बनेका छन्। यस सम्बन्धमा जिल्लाशासक समक्ष ज्ञापन सुम्पिएको यत्रो दिन बित्दा पनि कुनै सुनवाइ नभएपछि ट्रक मालिक, चालक, निर्माणकर्मी अनि माटो, बालुवा र ढुङ्गाको काम गर्ने श्रमिकहरूले बाध्य भएर आफूहरू चेको सड़क अवरोध गर्न निस्किएको बताए।