दिल्लीको नजफगढ़-ढांसा बस स्टेशनबिच आज शनिवारदेखि दुगर्नेछ मेट्रो। केन्द्रिय मन्त्री हरदीप सिंह पुरी अनि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गर्नेछन् उदघाटन। दिल्लीको नजफगढ़ अनि ढान्सा बस स्टैंड स्टेशनबिच शनिवार साझ पाँचबजीदेखि यात्रीहरूको निम्ति मेट्रोको ग्रे लाइनमा सेवाहरू शुरू गर्ने भएको छ। जसको कारण वरपरका गाँउ अनि कोलेनीहरूमा बस्ने लाखौ मानिसहरूलाई ठुलो राहत पाउने सक्ने भएको छ। करिडोरमा मेट्रो सेवाहरूको उद्घाटन केन्द्रीय आवास तथा शहरी मामिला मन्त्री हरदीप सिंह पुरी अनि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको बाहुलीद्वारा गर्ने भएको छ। यस अवसरमा केन्द्रीय आवास तथा शहरी मामिला राज्य मन्त्री कौशल किशोर अनि दिल्लीका परिवहन मन्त्री कैलाश गहलोत पनि उपस्थित हुनेछन्। 891 मीटर लामो नजफगढ़-ढान्सा बस स्टेशन सेक्शनमा मेट्रो सेवाहरू शुरू गर्ने भएको हेर्न मानिसहरू धेरै पहिलेदेखि प्रतिक्षामा बसिरहेको थिए।