नगरकट्टाको खासबस्तीमा भेटियो 13 फूट लामो किङ्ग कोब्रा। सर्पप्रेमी सैयद नैसद बाबुनले गरे उद्धार। कोब्रा घरभित्र पसेपछि क्षेत्रमा मच्चियो सनसनी।
नगरकट्टा खासबस्तीको एउटा घरबाट सोमवार १३ फुट लामो किङ्ग कोब्रा साँपप्रेमी सैइद नैसद बाबुनले उद्धार गरे। थिए। दिउँसो घरका नानीहरु आँगनमा खेलिरहेका थिए सोही समय बारीबाट सोझै उक्त कोब्रा घरभित्र पसेको थियो। उक्त साँप देख्नासाथ नानीहरूको चीत्कार सुनेर घर लगायत वरपरिका मानिसहरू जम्मा भए। हत्तपत्त मानिसहरुले सर्पप्रेमी सैयदलाई खबर गरे। खबर पाउनासाथ सैयद आएर घरभित्रबाट उक्त साँपलाई अनेक प्रयासपछि उद्धार गर्न सफल भए।
सर्पप्रेमी सैयद नैसदले उक्त उद्दार गरिएको कोब्रालाई खुनिया रेञ्जका वन्यकर्मीहरुलाई सुम्पिए। उक्त साँपलाई गोरुमारा जङ्गलमा लगेर छोडिने वन्य सूत्रबाट थाहा लागेको छ।