• Sat. May 10th, 2025

दैलोमा सरकार : कागज-पत्र वितरण शुरू, मिरिक नगरपालिका कार्यालयबाट वितरण

Byadmin

Sep 25, 2021

दैलोमा सरकार योजनाका कागज-पत्रहरू आवेदनकारीहरूलाई नगरपालिका कार्यालयबाट वितरण शुरू। पश्चिम बंगाल राज्य सरकारद्वारा गत १६ अगस्तदेखि १५ सेप्टेम्बरसम्म आयोजना गरिएको दैलोमा सरकार कार्यक्रम मिरिक महकुमामा पनि सफलतापूर्वक सम्पन्न भएपछि मिरिक महकुमाको नगरपालिका क्षेत्रमा भएको दैलोमा सरकार कार्यक्रममा मानिसहरूले आफ्नो आवश्यकता अनुसार जे जति आवेदन गरेका गरेका थिए उनीहरूलाई आवेदनको आधारमा सेवा दिने कार्य शुक्रवारदेखि शुरू भयो। आवेदनकारीहरूलाई नगरपालिका कार्यालयमा कागज-पत्र वितरण शुरू भएको मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणीले बताए। महकुमा शासक सुदीप्त देवनाथले मिरिक महकुमा क्षेत्रभरि भएको दैलोमा सरकार कार्यक्रममा मानिसहरूले उत्साहपूर्वक भाग लिएको जनाउँदै यसपालि शिविरमा विशेष गरि राज्य सरकारले महिलाहरूको लागि शुरू गरेको लक्ष्मी भण्डार योजनामा महिलाहरूले उत्साहपूर्वक सहभागिता जनाएको बताए। यसबाहेक अन्य योजनाहरूको पनि मानिसहरूले लाभ उठाएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *