फेरि देशमा कोरोना संक्रमितहरूको संख्यामा वृद्धि। बितेको 24 घण्टामा 31 हजारभन्दा धेर नयाँ मामिला। 282 जनाको मृत्यु।
बिहीबार आएको कोरोनाको नयाँ मामिलाले एकपल्ट पुन: मानिसहरूको चिन्ता बढ़ाइदिएको छ। स्वास्थ्य मन्त्रालय अनुसार बितेको 24 घण्टामा कोरोना भाइरसको 31 हजारभन्दा धेर नयाँ मामिला प्रकाशमा आएको छ। कोरोनाको कारण 282 जना मानिसहरूको मृत्यु भएको छ भने 31 हजारभन्दा धेर संक्रमितहरू निको भई घर फर्किसकेका छन्।
कोरोनाको सक्रिय रोगीहरूको संख्या घटेर 3 लाखभन्दा धेर पुगेको छ, जुन 187 दिनमा सबैभन्दा कम्ती हो। देशमा मोठ मृतकहरूको संख्या 4 लाखभन्दा धेर पुगेको छ भने अहिलेसम्म निको हुनेहरूको संख्या 3 करोड़भन्दा धेर पुगेको छ।