देशमा कोरोनाबाट राहतको संकेत। निरन्तर दोस्रो दिनमा आयो 20 हजारभन्दा कम्ती मामिला। देशमा कोरोना महामारीबाट राहतको संकेत देख्न थालिएको छ। बुधबार लगातार दोस्रो दिन देशमा कोरोनाको 20 हजारभन्दा कम्ती नयाँ मामिला प्रकाशमा आएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको ताजा आँकड़ा अनुसार देशमा बितेको 24 घण्टामा कोरोनाको 18 हजार अधिक नयाँ मामिला प्रकाशमा आएको छ भने 3 सयभन्दा अधिक मानिसहरूको मृत्यु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालय अनुसार बितेको 24 घण्टामा देशभरिमा 28 हजारभन्दा धेरै मानिसहरूले कोरोनालाई परास्त गरिसकेका छन्।