भाकल पूरा गर्दै गोजमुमो अध्यक्ष विमल गुरुङ गान्तोकमा। देउराली छोतेन गुम्बामा गई गरे पूजा। गोजमुमो अध्यक्ष बिमल गुरुङले सिक्किम भ्रमणको अन्तिम दिन आइतवार देउराली छोतेन गुम्बामा पूजा गरे। बिस्थापित कालमा सिक्किम शाखाका प्रतिनिधि एवम् सदस्यहरूले अध्यक्षको पहाड़ आगमनको कामना राख्दै उनको आगमनपछि उनलाई यस गुम्बाको दर्शन गराएर पूजा गर्ने भाकल राखेका थिए। सोही भाकल पूरा गर्दै अध्यक्ष बिमल गुरुङले आइतवार देउराली छोतेन गुम्बामा पूजा-अर्चना गरे। मङ्गनबाट बिहानै देउराली आइपुगेका बिमल गुरुङलाई सिक्किम शाखा अध्यक्ष गणेश छेत्री, सचिव सकुल राई, उपाध्यक्ष सचिन गुरुङ लगायत शाखाका प्रतिनिधिहरू साथै गुम्बाका बौद्ध भिक्षुहरूले खदा लगाएर स्वागत जनाए। पूजापछि सिक्किम शाखाका सदस्य एवम् गुम्बाका पुजारीहरूसँग केहीक्षण कुराकानी गरेपछि उनी दार्जीलिङ फर्किए।