कृषि कानून विरोधी ऱ्यालीको कारण दिल्ली-एनसीआरका केही मार्गहरू गरियो बन्द।
कृषि कानूनहरूको एक वर्ष पूरा भएको विरोधमा शिरोमणि अकाली दलको तर्फबाट शुक्रवार दिल्लीमा रकाबगञ्ज गुरुद्वारादेखि संसद भवनसम्म ऱ्यालीको निकालियो। उक्त ऱ्याली प्रदर्शनको अनुमति नदिएको अनि नयाँ दिल्लीमा 144 धारा लागू रहेको पुलिसले स्पष्ट पारे पनि शिरोमणि अकाली दलका कार्यकर्ताहरूसमेत सुखबीर सिंह बादल पनि रकाबगञ्ज गुरुद्वारा पुगिसकेको अनि ऱ्यालीलाई अघि बढ़ाउन कोशिष गरिरहेको देखियो। उक्त प्रदर्शनको कारण दिल्ली ट्राफिक पुलिसले राजधानीको केही मार्ग बन्द गरिदिएको छ भने कतिपय ठाउँहरूमा अधिक जाम लागेको कारण केही मार्गलाई डायभर्ट गरिदिएको छ।