• Sun. May 11th, 2025

दिल्लीबाट बाघडुग्रा आइपुगे सांसद विष्ट , 12 अक्टोबरको वार्तामाथि बोले सांसद

Byadmin

Oct 9, 2021

वार्ता जीटीएको कुर्सीको लागि होइन, वार्ता गोर्खाहरूको स्थायी राजनैतिक समाधानको निम्ति हो भन्दै राजु विष्टले 12 अक्टोबरमा हुने वार्ताले स्थायी राजनैतिक समाधानको प्रक्रिया शुरू भएको बताए। दिल्लीबाट आज शनिवार बाघडुग्रा हवाइअड्डा आइपुगेका भाजपा दार्जीलिङ लोकसभा सांसद राजु विष्टले उक्त मन्तव्य पोखेका हुन्। बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई आधिकारिक रूपमा मुख्यमन्त्री बनेकोमा विष्टले बधाई पनि दिए। 12 अक्टोबरको दिन हुने वार्तामा गोर्खा समस्याको समाधानतर्फ अवश्य प्रक्रिया शुरू भइसकेको तिनले बताए। गोर्खाका समस्याहरूसित संलग्न प्रतिनिधिहरू पनि यसमा भाग लिनेछन् भन्दै आफूले डुवर्स छुट्न नहुने बताएको र डुवर्सका प्रतिनिधिहरू पनि वार्तामा सामेल भएको तिनले बताए। यो जीटीएको बैठक होइन, जो जीटीए-सित सन्तुष्ट छन्, उनीहरूका लागि वार्ता महत्त्वपूर्ण नहोला तर यदि वार्तामा बस्ने इच्छा गर्छन् भने आफूले गृह मन्त्रालयसमक्ष कुरा राख्ने पनि विष्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *