दिग्गज गोलकीपर अल्बर्टको सड़क दुर्घटनामा मृत्यु।उनको मृत्युले स्थानीय खेल जगतमा छायो शोकको लहर। उत्तर बङ्गालका सर्वश्रेष्ठ गोलकीपरहरूमा एक अल्बर्ट तिर्कीको बुधबार सड़क दुर्घटनामा मृत्यु भयो। स्थानीय फूटबल जगतले एकजना दक्ष गोलकीपरलाई गुमाएको छ। गङ्गाराम टी स्टेटका वासिन्दा अल्बर्ट बुधबार पनि फूटबल म्याचमा सहभागी तथा खेल खेल्न आफ्नो दलको साथमा सिलगढ़ीबाट डामडिम तर्फ गइरहेका थिए। सेवक रोडस्थित स्थानीय भेगा सर्कल मल अघि उनी चड़ेको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा 26 वर्षीय अल्बर्टको मृत्यु भयो। अल्बर्ट आफ्नो पेशादार फूटबल करियरको शुरुवातदेखि नै दार्जीलिङ युनाइटेड एफसीका नियमित सदस्य रहिआएका थिए भने उनले टीमलाई धेरैवटा म्याचहरूमा यादगार जीत दिलाइ सकेका थिए। यसबाहेक उनले प्रकाश इलेभेन टीमबाट पनि केही म्याचहरू खेलेका थिए। दार्जीलिङ युनाइटेडको तर्फबाट उनले यस भेगका सबै महत्त्वपूर्ण टुर्नामेण्टहरूमा सहभागी बनी आफ्नो खेललाई दर्शकहरिबीच अमेट चाप छोड़िसेका थिए।यसरी अचावक अल्बर्टको निधनले स्थानीय खेल जगतमा शोकको लहर छाएको छ।